चैत २७, काठमाडौं । आईपीएल २०२४ को २३ औं खेलमा अर्शदीप सिंहको उत्कृष्ट बलिङको मद्दतमा सनराइजर्स हैदरावाद २० ओभरमा ९ विकेट गुमाएर १८३ रनमा सीमित भयो। युवा ब्याट्सम्यान नितिश रेड्डीको अर्धशतकको मद्दतमा हैदरावादले यो स्कोर बनाउन सफल भयो ।

हैदराबादले ट्राभिस हेडको स्थानमा राहुल त्रिपाठीलाई प्रभावशाली खेलाडीको रूपमा खेलेको थियो। इनिङ्सको अन्तिम ओभर बलिङ गर्न आएका साम कुरानको अन्तिम बलमा जयदेव उनाडकटले छक्का प्रहार गरे । यो उनको पहिलो बल थियो।
हैदरावादका लागि युवा खेलाडी नितिश रेड्डीले सर्वाधिक रन बनाए । उनले ३७ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकीय पारी खेले । आईपीएलमा उनको यो पहिलो अर्धशतक हो । अब्दुल समदले ११ बलमा ५ चौकाको मद्दतले २५ रन बनाए । रेड्डी र समदले छैटौं विकेटका लागि ५० (२०) रनको साझेदारी गरे । ट्राभिस हेडले १५ बलमा ४ चौकाको मद्दतले २१ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले सर्वाधिक ४ विकेट लिए । साम कुरान र हर्षल पटेलले २–२ विकेट लिए ।