• २०८३ बैशाख २६ गते शनिवार

श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काभ्रे। काभ्रेमा आफ्नै श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ। नमोबुद्ध न.पा. ५ कानपुर बस्ने ४० वर्षीया कमला परियारले श्रीमान् ५९वर्षीय धनवीर दमाईलाई शनिवार बिहान निगालोको लाठीले कुटपिट गर्दा उनको मृत्यु भएको हो।

परियारले मा.प.से. गरी आफ्नै घर भित्र निगालोको लठ्ठिले टाउकोमा हानि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुका साथै परियारलाई नियन्त्रणमा लिएर प्र.चौ. कानपुरमा राखिएको जनाएको छ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस