• २०८३ कार्तिक २१ गते शुक्रवार

जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन लिन नसक्दा लुम्बिनी पुनः पराजित हुन पुग्यो ।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्स ३१, अर्जुन साउदले २०, सन्दीप जोराले १६ रन जोडपनि जित दिलाउन सकेनन् । लुम्निीको यो लगातार चौथो हार हो ।

राम्रो सुरुआत गरेको लुम्बिनी फिनिसिङमा चुक्दा जित निकाल्न सकेन । यो हारसँगै लुम्बिनीको प्लेअफमा पुग्ने संभावना कमजोर बनेको छ । बलिङमा जनकपुरका हर्ष थाकरले सर्वाधिक ५ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस