चैत २६, काठमाडाैं । आईपीएलको २२औं खेलमा आज पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स (CSK) ले कोलकाता नाइट राइडर्स (KKR) २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा सीमित गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएकाे खेलमा स्पिनर रविन्द्र जडेजा र फास्ट बलर तुषार देशपाण्डेको तीन–तीन विकेटको मद्दतमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई २० ओभरमा ९ विकेट गुमाएर १३७ रनमा सीमित गरेको हाे ।
कोलकाता नाइट राइडर्सका लागि कप्तान श्रेयस अय्यरले ३२ बलमा तीन चौकाको मद्दतले सर्वाधिक ३४ रनको पारी खेले। यसबाहेक सुनिल नारायणले २० बलमा तीन चौका र दुई छक्काको मद्दतले २७ रन बनाए भने उनले अङ्क्रिश रघुवंशीसँग दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे ।
रघुवंशीले १८ बलमा तीन चौका र एक छक्काको मद्दतमा २४ रनको योगदान दिए । केकेआरका लागि नरेन र रघुवंशीबीच मात्र अर्धशतकीय साझेदारी थियो र यो साझेदारी टुटेपछि केकेआरको ब्याटिङ अर्डर पूर्णरुपमा बिग्रियो र अन्तिमसम्म पुनरागमन गर्न सकेन ।
