• २०८३ बैशाख १४ गते सोमवार

गुजरातलाई लखनाउकाे १६४ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौं । ईन्डियन प्रिमियर लिग(आइपीएल) को २१ औं खेलमा लखनाउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई जितका लागि १ सय ६४ रनको लक्ष्य दिएको छ। घरेलु मैदान एकना क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

लखनाउका लागि मार्कस स्टोइनसले ४३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाए । तेस्रो विकेटका लागि स्टोईनेस र राहुलले ६२ बलमा ७३ रनको साझेदारी गरे । निकोलस पुरनले २२ बलमा ३ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । आयुष बदोनीले ११ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।

गुजरातका लागि उमेश यादव र दर्शन नालकन्डेले समान २/२ विकेट लिए। राशिद खानले १ विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस