• २०८३ असार ४ गते बिहिवार

साफ यू-१६ महिला फुटबल: आज भारतको सामना गर्दै नेपाल

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

 

जारी प्रतियोगितामा बङ्गलादेशले खेलेका २ खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। त्यसै गरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको छ।

अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ।

Sharing

प्रतिक्रिया दिनुहोस