• २०८३ बैशाख १६ गते बुधवार

एनपिएल : पहिलो जितको खोजीमा लुम्बिनी र पोखरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।

दिउँसो १ बजे सुरु हुने खेलले दुवै टोलीको अभियानलाई नयाँ दिशा दिनेछ। लगातार हार बेहोरेको पोखरा र लुम्बिनीमध्ये कसले आफ्नो जितको खाता खोल्ने हो भन्ने प्रतीक्षा हुनेछ। मैदानमा दुवै टोलीको प्रदर्शन र रणनीतिमा धेरै निर्भर हुनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस