फागुन २३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न केही बेरमा कोटेश्वर जाँदै छन्।

देउवा साढे ९ बजेपछि कोटेश्वर आउन लागेको अध्यक्ष नेपालको निजी सचिवालयले जानकारी दिएको छ। पुरानो सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले नयाँ गठबन्धनमा जाने-नजाने टुंगो लगाइसकेको छैन। उसले बुधबार बस्ने सचिवालय बैठकमा यसको निर्णय गर्ने बताएको छ। यसै सन्दर्भमा देउवा निवासमै पुगेर नेपालसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ।
यसअघि सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए।
प्रधानमन्त्री र केपी ओलीलाई अध्यक्ष नेपालले सकारात्मक प्रतिक्रिया दिएको भनिएको थियो।