• २०८३ भाद्र २९ गते सोमवार

स्थगित भएको एमाले धादिङको अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुचारु हुने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, धादिङ। आन्तरिक विवादका कारण स्थगित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन आउने फागुन १ गते हुने भएको छ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मंगलबार सूचना जारी गरी फागुन १ गते बिहान ११ बजेबाट बन्दसत्र सुरु हुने जानकारी दिनुभएको छ ।

माघ २१ गतेबाट सुरु भएको पार्टीको जिल्ला अधिवेशनको बन्द सत्रमा विवाद भएपछि तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो । त्यस विषयमा पार्टी नेताहरूलाई राखेर पार्टी अध्यक्ष केपी ओलीले छलफल गर्नुभएको थियो ।

सो छलफल पछि पार्टी केन्द्रीय संगठन विभागले स्थगित भएको अधिवेशन कारबाही सुचारु गर्ने निर्देशन दिएको छ । सोही निर्देशन अनुसार फागुन १ गते ११ बजेबाट बन्द सत्र सुरु हुने देवकोटाले जानकारी दिनुभयो । अधिवेशन सम्पन्न गराउन केन्द्रीय संगठन विभागले आवश्यक सबै काममा निर्देशन एवं सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस