• २०८३ बैशाख १९ गते शनिवार

नेपालमा भारतीय टिभी च्यानलको प्रसारण बन्द

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौँ। नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ। नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो।

उहाँका अनुसार झण्डै डेढ वर्ष अघि सञ्चार मन्त्रालयले विदेशी च्यानलको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरेको थियो। तर इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण सो प्रणाली कार्यान्वयनमा समस्या भएको उहाँको भनाइ छ।

उहाँले इन्टरनेटको पहुँच बढेसँगै टेलिभिजन हेर्ने जनसङ्ख्यामा बिस्तारै कमी आउन थालेको भन्नुहुँदै विदेशी च्यानलले पनि मनपरी पैसा उठाउने गरेको बताउनुभयो।

उहाँका अनुसार १५ महिनाको पैसा नपाएका कारण विदेशी च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस