बाबाले सिमा
पारीको देशमा
शिर भरी पसिनाको धारो
पिठ्युँमा चामलको
बोरा बोकेर
जम्मा गरेको
आठ आना जति
कमाइ
छोरा शहरमा
बस्दा ठिक्क हुन्थ्यो
बिस्तारै छोरा
एक कार्यलयको
हाकिम बने पछाडी
बिहे गरेर
त्यही शहरको
ठुलो घरमा
भाडामा बस्छ
यता छोरा शहरमा पढ्दा
बिक्री भएको
तीन रोपनी जति गहिरी खेत
साहुको नाममा छ
साठी वर्ष पुगेकी
वृद्ध भत्ता खाने आमा
वृद्ध आश्रम छन्
६५ वर्षका जेष्ठ नागरिक
त्यही सिमा पारिको
दैत्य शहरमा
रिक्सा चालकको काम गर्छन्
अनि भन त छोरा
त्यो वृद्ध आश्रम
सिमा पारिको
दैत्य शहर
तिमी हुर्केको पानी
चुहिने ओत र शहरको
ठुलो घर विचको
यो अमर युद्धमा
जित कसको होला
भन त छोरा???