• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौं । फ्रान्स जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।

यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ र क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ। यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस