• २०८३ भाद्र ५ गते शुक्रवार

भैंसेपाटीमा दुई यात्रुबस ठोक्किँदा पाँचजना घाइते

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका १४ भैंसेपाटीमा दुई बस आपसमा ठोक्किँदा पाँचजना घाइते भएका छन्। पनौतिबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ६६६९ न.को बसले बिपरित दिशाबाट आइरहेको बा प्र–०१–००६ ख २९९७ न.को मयुर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि सिरमेमोरीयल अस्पताल पठाइएको छ। बस र बस चालक ईप्रका बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुमा बा प्र–०१–००६ ख २९९७ नंको बसमा सवार काभ्रेको पाँचखाल नगरपालिका ६ बस्ने वर्ष २४ की नबिना दनुवार, बा.२ ख ६६६९ न.को बसमा सवार काभ्रेको नमोबुद्ध नगरपालिका–३ बस्ने वर्ष ३६ की वाङ्जु लामा, उनकी छोरी वर्ष ११ की फुर्सङ लामा र छोरा वर्ष ९ को समर्पण लामा र नमोबुद्ध नगरपालिका ५ बस्ने अन्दाजी वर्ष २० की करुणा भुजेल रहेका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँगाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले यात्रुहरुको उद्धार गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस