• २०८३ भाद्र ११ गते बिहिवार

एमाले कुनै गठबन्धन भत्काउने या बनाउने खेलमा छैन – विष्णु पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौँ ।  नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमाले सत्ताका लागि कुनै गठबन्धन बनाउने या भत्काउने खेलमा नलागेको स्पष्ट पारेका छन् ।

पार्टीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज धनगढी आउनुभएको उपाध्यक्ष पौडेलसमक्ष अहिलेको गठबन्धनको विकल्पमा एमाले लागेको छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले सो धारणा राखेका हुन् ।

उनले भने, “अहिले एमाले सत्तामा जानकै लागि कुनै गठबन्धन बनाउने या भत्काउने पक्षमा लागेको छैन, पार्टीलाई थप बलियो बनाउने पक्षमा लागेको छ, त्यसैले हामी देशव्यापीरुपमा मिसन ग्रासरुट कार्यक्रममा छौँ ।” तर उनले अहिलेको गठबन्धन भत्काउन चाहेमा एमालेले सक्ने पनि बताए । उनकाे भनाइ थियो तर अहिले एमाले गठबन्धन भत्काउने र बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने अभियानमा लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस