• २०८३ बैशाख ८ गते मङ्गलवार

हिमाल आरोहरण गरेर बहराइनका राजकुमार स्वदेश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, काठमाडौं। लोबुचे र मनास्लु आरोहरण गरेर बहराइनका राजकुमार स्वदेश फिर्ता भएका छन । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफा सहितको टोलीले सोलुखुम्बुस्थित लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमालको सफल आरोहण गरि फर्केको हो ।

राजकुमार शेख मोहम्मद सहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे र ८जार १ सय ५६ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेको हो। सो टिममा बहराइन र बेलायतका पर्वतारोहीहरु सहभागी रहेका थिए ।

कोरोना महामारीकै बीचमा नेपाल सरकारको मन्त्री परिषद्ले विशेष निर्णय गरेर राजकुमार शेख मोहम्मद सहितको टोलीलाई आरोहणको अनुमति दिने निर्णय गरेको थियो। सन् २०२० लागेयता नेपालको हिमाल आरोहण भएको यो पहिलोपटक हो ।

Sharing

प्रतिक्रिया दिनुहोस