कात्तिक १३, काठमाडाैँ। अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा तय भएको छ। नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४० रुपैयाँ ४२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५ पैसा तय भएको छ।

आज बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६१ रुपैयाँ २४ पैसा र बिक्रीमा १६१ रुपैयाँ ९७ पैसा, अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ १९ पैसा र बिक्रीमा ८४ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २४ पैसा, सिंगापुर डलर खरिदमा ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा तय गरिएको छ।
यस्तै कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ११ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ११ पैसा तय गरिएको छ।
