• २०८३ बैशाख २५ गते शुक्रवार

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, अध्यक्षका उम्मेदवार पाँच जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुदैँछ । निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका हुन् ।

आज बिहान ८ बजे उम्मेदवारकाे अन्तिम नामावली सार्बजनिक गरिनेछ । आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस