• २०८३ मङ्सिर ३ गते बुधवार

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन्।

माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणाले प्रदेश प्रमुखबाट आइतवार बुटवलमा सपथ लिएका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए। केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस