• २०८३ असार १३ गते शनिवार

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साेमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

साेमबार चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। साेमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस