• २०८३ बैशाख ३० गते बुधवार

मुगुमा आगलागि हुदा दुई बालवालिका जलेर घाईते, थप उपचारको लागि काठमाण्डौ रिफर

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

माघ ३०, मुगु । हिमाली जिल्ला मुगुमा बुधवार आगलागि हुदा दुई बालवालिका जलेर घाईते भएका छन् । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिका वडा नं २ नाथर्पुका वुवा देविलाल बुढाका छोरा वर्ष ५ का छार्पे बुढा र सोही वडाकै बावु हरी शाहीका छोरा वर्ष ५ का दिल शाहीको आगलागि भई जलेर शक्त घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार २ नंम्वर वडाकै लोकेन्द्र बुढाको ढुंगा , माटोले निर्माण गरेको खरको छानाको गोठ बाट आगलागि भएको बताईएको छ ।

गोठमा आगो बालि ताप्ने क्रममा एक्कासि गोठमा आगो सल्कि पुर्ण रुपमा गोठ जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्राईले जानकारी दिए । उनले भने सोही स्थानमा दुई बालवालिकाका हात , खुट्टा जलि घाईते भएको उनको भनाई रहेको छ । आगलागि बाट अन्दाजि २५ हजार जति क्षेति भएको पनि अवगत गराए । आगलागिमा घाईते भएका दुई बालवालिका लाई शुक्रवार काठमाण्डौ रिफर गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचारको सम्भव नभए पछि आज थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पताल मुगुले जनाएको छ । घाईते बालवालिकाको हात खुट्टा जलेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस