कात्तिक १२, काभ्रे। काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य नविना लामासहित १० जना घाइते भएका छन् । दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् ।
उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडी सडकमै पल्टिएको थियो । घाइतेहरुलाई उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।
घाइते हुनेमा
काभ्रे चौरीदेउराली गाउँपालिका–७ की पूर्वसांसद ४० वर्षीय नविना लामा
पाँचखाल नगरपालिका–१२ की ३५ वर्षीय भक्तकुमारी लामा
स्याङ्जाको पुतलीबजार–५ की ३६ वर्षीया सिर्जना नेपाली, उनका १३ वर्षीय छोरा शुभम श्रेष्ठ, ५ वर्षीय छोरा सुरज श्रेष्ठ
खानीखोला गाउँपालिका–५ की ४० वर्षीया रचना मगर, उनकी १६ वर्षकी छोरी इन्जिला सोडारी,
दोलखाको कालिन्चोजक गाउँपालिका–३ की ३२ वर्षीया मिना श्रेष्ठ, सोही ठाउँका ३५ वर्षीय गोविन्द श्रेष्ठ,
खानीखोला गाउँपालिका–६ का ३५ वर्षीय दिपेन्द्र राना,
बेथानचोक गाउँपालिका–१ का ७४ वर्षीय सिङ्त्तान तामाङ
