• २०८३ जेष्ठ २२ गते शुक्रवार

बलात्कार आराेपमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीबाट पक्राउ गरेको हो ।

उता भोजपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-७ भदौरे बस्ने २६ वर्षीय हरि कुमार भन्ने हरि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-६ मठेटारस्थित कच्ची बाटो नजिक श्रेष्ठले ती किशोरीलाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाभोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस