वैशाख ३०, मुगु । छैटौं रारा ट्रेल रनको उपाधि महिला र पुरुष दुवै तर्फको दौड प्रतियोगितामा जुम्लाका खेलाडीहरुले हात पारेका छन् । नेपाली सेना हनुमान ध्वज गुल्म हुटु राराको आयोजनामा सञ्चालन गरिएको छैटौं रारा ट्रेल रन प्रतियोगितामा जुम्लाका पुरुषतर्फ दल बहादुर कुँवर र महिला तर्फ सुनमाया बुढाले जितेका हुन ।

नेपालकै ठुलो रारा ताल वरिपरि १६ किलोमिटर दूरीको ट्रेल रन आयोजना गरिएको थियो । जसमा पुरुषतर्फ जुम्लाको तातोपानी गाउपालिका ७ वर्ष २४ का दल बहादुर कुवँरले १ घण्टा १५ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गेरका हुन । त्यस्तै जुम्ला कनका सुन्दरी गाउपालिका ३ बस्ने वर्ष १८ का युवक राज बुढाले १ घण्टा ५९ सेकेन्डमा पार गर्दै दोश्रो स्थान हासिल गरेका छन् । त्यस्तै मुगुको छयानाथ रारा नगरपालिका १४ बामका अक्कल बढुवालले १ घण्टा ३ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय स्थान हासिल गरेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी खड्ग बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार महिलातर्फ जुम्लाकै पातारासी गाउँपालिका वडा नं २ की सुनमाया बुढाले १ घण्टा १३ मिनेट ५० सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरेकी बताए । त्यस्तै पातारासि २ कै राममाया बुढाले १ घण्टा १५ मिनेट १ सेकेन्डमा पार गर्दै दोश्रो स्थान हासिल गरेकि छन् भने डोल्पाको ठुलिभेरी नगरपालिका ५ बस्ने त्रिभुवन आर्मि क्लबकि खेलाडी सुन्सरी रोकायाले १ घण्टा १७ मिनेट २८ सेकेन्डमा पार गर्दै तृतीय स्थान हासिल गरेको सेनानी श्रेष्ठको भनाई छ ।
त्चबष्कि ँयच ग्लष्तथ, एबतजक ँयच ऋयलकभचखबतष्यल भन्ने मुल नाराका साथ महिला पुरुष दुवै विधामा रारा वरिपरि १६ किलोमिटर दौड प्रतियोगिता गरिएको थियो । साथै ५ किलोमिटर दौडमा छायानाथ रारा नगरपालिका ९ मुर्मा गाउँका वर्ष १३ का देबिराज रोकायाले २१ मिनेट ९ सेकेन्ड पार गर्दे प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै नगरपालिकाकै वडा नं ८ वर्ष १६ का सुशील बिकले २१ मिनेट २६ सेकेन्डमा पार गर्दै दोश्रो स्थान हासिल गरेका छन् । ५ कि.मि. महिला तर्फको दौडमा १५ वर्षकि मनिशा रावलले ३३ मिनेट ४५ सेकेन्डमा प्रथम स्थान हासिल गरेकि छन भने ३३ मिनेट ४७ सेकेन्ड पार गर्दे वर्ष १५ कि पुष्पा रोकाया दोश्रो भएकी गुल्मले जनाएको छ ।
प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहिद प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । उक्त प्रतियोगितामा विदेशि तथा स्वदेशि खेलाडी गरेर ५ सय भन्दा बढिले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली सेना द्धारा नृत्य , खुकुरी नृत्य , मुगुको कला संस्कृति झल्किने गित तथा स्थानीय नृत्यहरु राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठान मुगुले प्रर्दशन गरेको थियो भने कार्यक्रममको उद्धघाटन उत्तर पश्चिम् पृतनापति दिपक जंग शाह प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले सयुक्त रुपमा गरेको आयोजकले जनाएको छ । नेपाली सेना राराले बिगत ५ वर्ष देखि निरन्तर रुपमा दौड प्रतियोगिता सञ्चालन गर्दे आईरहेको छ ।