• २०८३ बैशाख १० गते बिहिवार

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, मोरङ ।  विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका- ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस