भदौ १०, सुर्खेत । राष्ट्रिय युवा संघ नेपाल, कर्णाली प्रदेश कमिटीको अध्यक्षमा जीवन शाही चयन भएका छन्। वीरेन्द्रनगरमा भएको संघको पहिलो प्रदेश अधिवेशनले दैलेखका शाहीलाई अध्यक्षमा सर्वसम्त चयन गरेको हो।
यस्तै उपाध्यक्षमा कालिकाेटका गणेश शाही, सचिवमा सुर्खेतका पिटर चुनारा, सह-सचिवमा जुम्लाका बद्री बाेहाेरा र सल्यानका नवराज शाही र काेषाध्यक्षमा हुम्लाका माेहन बुढा चयन भएका छन्। कर्णाली प्रदेश कमिटीका सदस्यहरु कर्णाली प्रदेशका १० जिल्लाबाट सर्वसम्मत चयन गरिएको छ। जसमा सुर्खेतबाट ६ जना, दैलेखबाट ५ जना अन्य जिल्लाबाट चार/चार जना गरि जम्मा ४३ जना सर्वसम्मत रुपमा चयन भएका हुन ।
अध्यक्षमा चयन भएका शाही २०६९ मा दैलेख–काठमाडौं सम्पर्क मञ्च सदस्य, २०७० मा कृष्ट कलेज काठमाडौंको अनेरास्ववियू ईकाइ कमिटी अध्यक्ष, २०७३ मा युवा संघ दैलेखका सचिवालय सदस्य र नेकपाकालिन अवस्थामा जिल्ला युवा संघ दैलेखको संयोजक तथा केन्द्रीय सचिवालय सदस्य थिए। नेकपा विभाजनपछि पनि उनी दैलेख राष्ट्रिय युवा संघका अध्यक्ष थिए।
