• २०८३ बैशाख ९ गते बुधवार

विश्वकप छनोट : पहिलो चरणमा नेपालले लाओससँग खेल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ११, काठमाडौं । सन् २०२६ को विश्वकप छनोट र २०२७ को एएफसी एसियन कप छनोटको पहिलो चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । मलेसियाको क्वालाम्पुरमा बिहिबार भएको ड्र अनुसार नेपालले लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

पहिलो लेगको खेल अक्टोबर १२ मा र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ । नेपालले होम एण्ड अवे गरि दुई म्याच लावोससँग खेल्नेछ । एसियाका २७ देखि ४६ वरियताका २० टिमले पहिलो चरणमा होम एण्ड अवे गरि छनोट खेल्नेछन् । विजेता १० टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

दोस्रो चरणमा १ देखि २६ वरियताका ३६ टिमलाई ९ समूहमा विभाजन गरेर होम एण्ड अवे गरि छनोट खेलाईनेछ ।
तेस्रो चरणमा दोस्रो चरणबाट छनोट भएका १८ टिमले तीन समूहमा विभाजित भएर होम एण्ड अवेका आधारमा छनोट खेल्नेछन् ।

तीन समूहका शीर्ष दुई टोली विश्वकपमा सिधै छनोट हुनेछन् । तेस्रो र चौथो स्थानमा आएका टिमलाई समेत छनोटको अवसर प्राप्त हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस