• २०८३ बैशाख ५ गते शनिवार

भारतविरुद्ध न्यूजील्याण्ड ५० रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । न्यूजील्याण्डले जारी टी-२० सिरिजको चौथो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ५० रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको भारत १८.४ ओभरमा अल आउट हुदै १६५ रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनाएको थियो ।

योसँगै ५ खेलको सिरिजमा भारत ३-१ ले अगाडी रहेको छ र अब सिरिजको पाँचौं तथा अन्तिम खेल शनिबार हुने तालिका रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस