• २०८३ बैशाख १० गते बिहिवार

प्रधानमन्त्रीको घोषणा – मेरो हुटहुटीअनुसारको परिणाम आएन, अब कार्यशैली बदल्छु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने बताएका छन् । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन। म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’ उनले भने ।

उनले पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरको कार्यक्रममा नजाने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस