• २०८३ असार १३ गते शनिवार

एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठकाे निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ८, काठमाडौँ । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठ (बिके श्रेष्ठ) को निधन भएको छ । आज विहान उनको निधन भएको हो । श्रेष्ठको पारिवारिक स्रोतका अनुसार उनको  आफ्नै घरमा ९४ वर्षकाे उमेरमा निधन भएको हो ।

दशैंको टिकाको दिन उनको निधन भएको हो । श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस