• २०८३ बैशाख ११ गते शुक्रवार

मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ९, काठमाडौं । पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पहिलो हटाएपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक दिउँसो साढे ४ बजे सञ्चालनमा आएको हो । उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट आज बिहानैदेखि ढुंगा झरिरहेको थियो । पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात सञ्चालन गराउँदै आएको भएपनि दिउँसो पुनः पहिरो गएर दुईतर्फी नै ठप्प भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस