• २०८३ बैशाख १८ गते शुक्रवार

६२ अंकले बढ्यो नेप्से

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२।२१ अंकको वृद्धि आउँदै २१ सय १७।७३ अंकको विन्दुमा उक्लिएको हो । जुन चार महिनायताकै उच्च विन्दु हो ।

आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।म्युचुअल फन्ड, ऋणपत्रलगायत २७५ धितोपत्रको एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज जीवन बिमा समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ७।७९ प्रतिशतले वृद्धि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस