• २०८३ जेष्ठ ७ गते बिहिवार

दक्षिण कोरिया जाने युवाहरुले घेरे इपीएसको कार्यलय, सम्झौतापत्र बनाउन माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरु आन्दोलनमा उत्रिएका छन् । कोरिया गएर आएकाहरुले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जानन पाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् । आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउगर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरुको भविषयसंग खेलवाड गरिरहेकोआरोप लगाए ।

प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले एपीएस कार्यालय घेरावन्दी गर्दै सम्झौतापत्र बनाइदिनु पर्ने माग गरेका छन् ।प्रदर्शनमा उत्रिएकाहरुले भने ‘ आफुहरु कुनै पनि नकारात्मक कार्यहरु गर्न नआएको तर कार्यालयले आफुहरुरुसंग सम्झैतापत्र बनाउनु ढिलाई गर्न हुँदैन । ’आफुहरु कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममाआफुहरुको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएकाछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस