• २०८३ जेष्ठ २३ गते शनिवार

जुम्लाको बिकट बस्तीमा छायाँ नेपालको राहत वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नं ६ काडागाउँका ४१ घरधुरिलाई कार्निभ्याली फाउन्डेसनको आर्थिक सहयोगमा छाया नेपाल संस्थाले खाद्यान्न तथा स्वास्थ्य सामग्री बितरण गरेको छ ।

कर्णालीका हिमाली जिल्लाहरुमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आईरहेको काठमाडौंमा रहेको छायानेपाल संस्थाले काडागाउँका ४१ घरपरिवारलाई प्रति घर २५ केजी चामल, दुई केजी दाल, तेल, नुन र साबुन लगायतका स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष र वडाध्यक्षको उपस्थितिमा छायानेपालका ईन्जिनियर शुरेन्द्र कुमार शाहीले हस्तान्तरण गरेका छन।

गत बर्ष गाउँपालिकाले यहाँका गाउँबस्तीमा राहत बितरण गरेपनि यश बर्ष सरकारी निकायबाट राहत नपाएका सिंजाको काडागाउँका बासिन्दाहरु यश बर्ष पहिलोपटक गैरसरकारी संस्थाबाट राहत पाएपछि खुसी भएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस