असार ९, काठमाडौ । राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको दोस्रो अधिवेशन भएको छ। तारकेश्वर गोलढुङ्गामा आयोजित भब्य कार्यक्रमबीच दोस्रो अधिवेसन सम्पन्न भएको हाे ।

राष्ट्रिय युवा संघ तारकेश्वर नगर कमिटीका अध्यक्षमा सुनिल महर्जन, उपाध्यक्ष अमन श्रोष्ठ , सचिव प्रकाश अधिकारी , सहसचिव विनु अर्याल र उत्सव तिमिल्सिना सहित नगर कमिटी निर्माण गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षीतीज थेव, उपाध्यक्ष सिता सुवेदी, नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्यहरू, काठमाडौ जिल्ला कमिटि अध्यक्ष दिपक निरौला, जिल्ला सदस्यहरू, तारकेश्वर नगर कमिटि अध्यक्ष बासु गौतम, सचिव राजु तिमिल्सिना एवं नगर पदाधिकारीहरु, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यहरू अजयजंग शाही, जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायतका नेता कार्याकर्ताहरुको उपस्थिति रहेको थियो।





