फागुन २३, काठमाडौं । रास्ट्रीय युवा संघ नेपालका उपाध्यक्ष संजीब कुमार सुरज झाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेब गौतमलाई खुल्ला पत्र लेख्नु भएको छ । उपाध्यक्ष झाले आफ्नो फेसबुक मार्फत खुल्ला पत्र नेकपाका उपाध्यक्ष गौतमलाई लेख्नु भएके हो ।

उहाँले लेख्नु भएको छ :
क.बामदेब गौतम ज्यु
अभिबादन !!!
तपाईं को मन खुलेर बोल्ने र यो उमेर मा पनि जोस जागर का साथ काम गर्न सक्ने क्षमता को म प्रशन्सक छु तर आज केही कुरा हरु मन मा लागेको ले तपाईं संग यो खुल्ला पत्र मार्फत सोध्न मन लागेको छ । आज तपाईं पार्टी एकता को अभियान चलाउदै हुनु हुन्छ , चलाउनुस स्वागत योग्य नै छ, पार्टी एकता भएको त सवै कार्यकर्ता र शुभेच्छुक ले हेर्न नै चाहेको छ, तपाईं सफल हुनुस हाम्रो शुभकामना तर जति बेला पार्टी को दुई लाईन सङ्हर्ष अन्तिम चरण मा थियो त्यति बेला तपाईं पार्टी फोडने लाईन मा लागेको समूह लाई किन साथ दिनु भयो ? खुमलटार र कोटेश्वर मा पार्टी बिभाजन को जड बलियो पार्ने कयौ बैठक मा तपाईं को उपस्तिथि ले उनिहरु को मनोबल बढाएको होईन र ? सचिबालय को बैठक मा पनि त्यति बेला तपाईं मात्र आज को जस्तो तटस्थ बसि दिदा आज पार्टी यो अबस्था मा आउने थिएन , होईन र ? पार्टी कानुनी रुप ले नफुटे पनि आज नेकपा भित्र भैई रहेको दुई पार्टी को अभ्यास को तपाईं पनि एउटा प्रमुख जिम्मेवार ब्यक्ति होईन र ? आज तपाईं को तटस्था ले कम्न्युष्ट आन्दोलन को उपलब्धि हरु धारासाय हुने निश्चित छ । करीब दुई तिहाई जनता ले कमन्युष्ट सरकार बनाउन र के. पि ओली लाई सहज ढंग बाट प्रधानमन्त्री को रुप मा देश चलाउन दिएको मत होईन र ? तर हिजो खुमलटार र कोटेश्वर को बैठक मा पुगेर पार्टी बिभाजन गर्ने कित्ता हरु को मनोबल बढाएर तपाईं ले साथ दिएको मानिस हरु आफनै कमन्युष्ट सरकार ढालेर हिजो जसलाई हामी पुजापती को रक्षक भन्दै काङ्ग्रेस को बिरुद्द भोट माङेको थियौ त्यसकै दैलो मा प्रधानमन्त्री बुझाउन जाँदै छ । यस्मा तपाईं को पनि समर्थन छ ? हामी बुझ्न चाहन्छौ । यो देश मा फेरि आज नत्र भोलि चुनाब हुन्छ , हामी फेरि जनता मा भोट माग्न जान्छौ त्यति बेला हामी ले जनता लाई के भन्ने हो ? हाम्रो नेता समाजबाद उन्न्मुख समाज होईन , सत्ता र नाताबाद उन्न्मुख समाज रोज्ने नेता हुन । कमन्युष्ट आन्दोलन को उपलब्धी रक्षा गर्ने सक्षम होईन बिदेशी हस्तक्षेप निम्त्याउने नेता हरु हुन । यी यथाबात प्रश्न हरु आज आम जनता को मन मा खेली रहेको छ । केही स्वार्थ नमलिल्दा के. पि ओली सङ चिड किन ? के गलती गरे प्रधानमन्त्री ज्यु ले ? देश को नक्सा बढाउनु गलती थियो ? गरीब जनता लाई आत्मनिर्भर बनाउनु गलत थियो ? किसान लाई सिचाई को ब्यब्स्था गर्नु गलत थियो ? विभिन्न राजमार्ग बनाउनु गलत थियो ? देश को हरेक कुना म हबाई अड्डा आधुनिक बनाउनु गलत थियो ? देश लाई बिकासशिल रास्ट्र बनाउनु गलत थियो ? नेपाल र नेपाली कै लागि कमफोर्टेबल सरकार बनाउनु गलत थियो ? सुकुम्बासी र घर बिहिन जनता लाई घर र जग्गा दिनु गलत थियो ? ट्विन बिस्ताफित गरि झुलुङे र पक्की पुल बनाई दिनु गलत थियो ? किसान को हक मा उध्योगपती हरु लाई घुडा टेकाई दिनु गलत थियो ? विभिन्न अतिवाद लाई शान्तिपुर्ण राजनीति को मुल धार मा ल्याउनु गलत थियो ? हो प्रधानमन्त्री ज्यु ले एउटा गलती गरेकै हो , विभिन्न नेता को नाताबाद र कृपाबाद को स्वार्थ लाई उहाँ ले मानी दिनु भएन , भ्रष्टाचार र अपराधी लाई संरक्षण दिने काम उहाँ ले गर्नु भएन र यही गलती उहाँ बाट भएको हो , होईन र कम्रेड ज्यु ??
हिजो ईतिहास मा एक पटक माले – एमाले फोडेर कमन्युष्ट आन्दोलन मा कालो ईतिहास रच्नु भएको जस्को पश्ताचाप तपाईं आफै पनि विभिन्न मन्च बाट गर्नु भएको छ समय ले आज तपाईं लाई फेरी सच्याउने मौका दिएको छ । मेरो आग्रह छ हजुर सङ नेपाली जनता को मन बुझ्नुस , आम कार्यकर्ता को भावना बुझ्नुस र तपाईं सहि समय मा सहि निर्णय लिनुस । कमन्युष्ट आन्दोलन को रक्षा गर्ने योद्दा हरु को साथ र नेता बनेर हिडने कि कमन्युष्ट आन्दोलन लाई सखाब पारी समर्पण बादी र सर्बसत्ता बादी सङ हिडने ? कमन्युष्ट आन्दोलन को उपलब्धि को रक्षक बन्ने कि बिध्वन्सक हरु को सारथि बन्ने ?? ईतिहास रच्ने कि कलंक रोज्ने ? यो निर्णय लिन तपाईं आफै स्वतन्त्र हुनु हुन्छ तर तपाईं लाई पनि हेक्का होस ईतिहास ले सधै भबिस्य मा तपाईं सङ प्रश्न गरि रहने छ ।
यस खुल्ला पत्र द्वारा यदी तपाईं वा तपाईं को कुनै समर्थक लाई चोट पुगेको होला भन्ने म क्षमाप्रार्थी छु ।
संजीब कुमार सुरज झा
केन्द्रिय उपाध्यक्ष
रास्ट्रीय युवा संघ नेपाल