साउन, २७ काठमाडौं । नवलपरासीमा ३ लाख ५० हजार मुल्य बराबरको अबैध कुखुराको चल्ला सशस्त्र प्रहरीले नष्ट गरेको छ ।
बुधबार प्रतापपुर गाउँपालिका वडा-७ सूर्यपुरा स्थित भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेकाे ३५०० वटा काेइलर कुखुराकाे चल्ला सशस्त्र प्रहरी निरीक्षक सन्ताेष खरेलकाे नेतृत्वमा खटिएकाे माेबाइल गस्ति टोलीले नष्ट गरेको हो ।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि कुखुराको चल्ला छाडेर मानिसहरु भागेपछि छोडिएको चल्लाहरु लिइएको सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सूचना अधिकारी माधब रेग्मीले बताए ।
नियन्त्रणमा लिइएको चल्लाहरु जिल्ला पशु क्वारान्टाइन नवलपरासीकाे पशु चिकित्सक शाेभाखर ज्ञवाली र स्थानिय प्रतिनिधिकाे रोहबरमा नष्ट गरिएकाे बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।