• २०८३ बैशाख ६ गते आइतवार

घादिङमा भएको दुर्घटनाको उद्दारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसी भएको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ,काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।

प्रदेश ३ ०१००५ ख ९९५२ नम्बरको काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको यात्रुवाहक धादिङको गजुरी नजिकै चालिसे भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस