• २०८३ बैशाख ८ गते मङ्गलवार

चितवनको नयाँकिरण मावि मतदान स्थलमा तनाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, चितवन ।  चितवन–२ मा आइतबार प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भइरहेको छ । सोही क्रममा भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा भने केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने आएपछि उनका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव सृजना भएको हो ।

उम्मेदवार लामिछानेको पक्षमा उनका समर्थकले नाराबाजी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो ।

लामिछानेका समर्थकको नाराबाजी र प्रहरीको बल प्रयोगले केहीबेर सो मतदानस्थलमा तनाव सृजना भएको थियो । अहिले स्थिति सामान्य रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस