पौष ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज (शुक्रबार)उद्घाटन गरेका छन्। ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो।
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको यो सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान उद्घाटन गरेका हुन्।
कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागी थिए।
