• २०८३ जेष्ठ २१ गते बिहिवार

दुर्गा प्रसाईंको जुलुस सात ठाउँबाट निस्कने (रुटसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाईमा बिहीबार बल्खुमा हुन लागेको प्रदर्शनमा उपत्यकाको विभिन्न सात स्थानबाट जुलुस निस्कने भएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा निस्कने जुलुस उपत्यकाका तीनै जिल्लाबाट बल्खुमा केन्द्रित हुने आयोजकले जनाएको छ ।

जुलुसमा धार्मिक र राष्ट्रिय झण्डा बाहेक अन्य झण्डा बोक्न नपाइने अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले जनाएका छन् । जुलुसको अग्र स्थानमा धर्मगुरु, ओमकार परिवार र नाथलगायतलाई राखिने जनाइएको छ ।

आयोजकका अनुसार बिहान १० बजेपछि भक्तपुर, गंगबु, बुढानीलकण्ठ, कलंकी, सातदोबाटो, चाबहिललगायतका स्थानबाट निस्कने जुलुस बल्खु पुगेर सभामा परिणत हुनेछ ।

यस्तो छ जुलुसको रुट :

Sharing

प्रतिक्रिया दिनुहोस