• २०८३ बैशाख ४ गते शुक्रवार

प्रधानन्यायाधीश मुख्य गेट छलेर सर्वोच्च प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा मुख्य गेट छलेर सर्वोच्च प्रवेश गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने गरी आन्दोलन जारी रहँदा राणा भने मुख्य गेट छलेर अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका हुन् ।

 

प्रधानन्यायाधीश राणा १० : ५५ बजे सर्वोच्च प्रवेश गरेका हुन् । अहिले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालत परिसरमा आन्दोलन जारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस