• २०८३ जेष्ठ १० गते आइतवार

अदालतको आदेश पालना नगर्ने मेयर साहको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतले दिएको आदेश नमान्ने चेतावनी दिएका छन्।
बिहीवार सामाजिक संजाल मार्फत उनले काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेशबारे आपत्ति जनाए ।

नेपालको सार्वभौमिकता र स्वाधीनतालाई विर्सेर भारतीय चलचित्र फिल्म चल्न दिनु भनेको अदालत र सरकार भारतको गुलाम भएको पुष्टि हुने उनको तर्क छ । उनले बरु आफु जुनसुकै सजाय भोग्न तयार हुने तर काठमाडौंमा फिल्म चल्न नदिने दावी गरे ।

उनले लेखेका छन् ,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनिहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

 

Sharing

प्रतिक्रिया दिनुहोस