• २०८३ बैशाख १६ गते बुधवार

पहिलो पटक पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, बागलुङ । आज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुदै छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाजमा १ सय ३५ जना यात्रु रहने छन् ।
नेपालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतको टोलीलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू तथा अन्य पर्यटकहरु पोखरा आउँदै छन् ।

दक्षिण एसिया मा नै पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आउन लागेका हुन । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस