• २०८३ जेष्ठ १७ गते आइतवार

ओलीको प्रश्न- राजश्व संकलनमा पनि अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ७, काठमाडौँ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दातृ समुदायसमक्ष देशभित्र राजश्व संकलन गर्न कठिनाइ परिरहेको भन्दै गुनासो सुनाएकोमा आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १ गते कूटनीतिक समुदायलाई गरेको ‘ब्रिफिङ’मा राजस्व संकलन गर्न कठिनाइ भएको बताएको भन्दै आपत्ति जनाएका हुन् ।

‘सरकार प्रमुखले दातृसमुदायसँग राजस्व संकलन गर्न कठिनाइ भएको उल्लेख गर्न मिल्छ ? राजस्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न मिल्छ ? राजस्व उठाउने अनिवार्य कर्तव्य सरकारकै होइन् र ?’ ओलीले भने ।

राजश्व संकलन देशको आन्तरिक विषय भएको उनकाे भनाइ छ ।
नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका सह–प्राध्यापक तथा प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, त्रिवि रसायनशास्त्र विभागका सह–प्राध्यापक तथा सो सङ्घका महासचिव राजेन्द्र गौतम, बाल्मिकी विद्यापीठका सह–प्राध्यापक र सङ्घका उपाध्यक्ष कृष्णकान्त पराजुली नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागका सह–प्राध्यापक उमाशङ्कर प्रसाद जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य पदमा रहेको भन्ने सम्बन्धमा आयोगमा उजुरी दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ को खण्ड (ग) मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल नरहेको नेपाली नागरिकलाई विधान बमोजिम अधिकार प्राप्त पदाधिकारीले दलको सदस्यता वितरण गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

Sharing

प्रतिक्रिया दिनुहोस