• २०८३ बैशाख ७ गते सोमवार

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु (विज्ञप्तीसहित)

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ४, काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

‘मन्त्रालयले नेपालका लागि रूसका राजदूतमार्फत् रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन: अनुरोध गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्तै, युक्रेनमा बन्दी भएका चार जना नेपाली नागरिकहरूलाई रिहाइ गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनमा बन्धक छन्।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस