कात्तिक ३, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा.बद्री केसी विजयी भएका छन्। बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उम्मदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् ।
डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले १ हजार २८१ र १ हजार २२५ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ। संगठनको उपाध्यमा डा. हेम राज शर्मा (२२६५), रोविन शेरचन (२१८०), रामशरण सिमखडा (१५५२), खगेन्द्र न्यौपाने (१३५७), राज रेग्मी (१९००) र डा.विनोद श्रेष्ठ (१५६०) मतसहित निर्वाचित भएका छन्।
महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए ।
