• २०८३ जेष्ठ २९ गते शुक्रवार

सुनसरीमा माइक्रो र मोटरसाइकल आपसमा ठोक्किदा ३ जनाको मृत्यु, ८ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ०६, सुनसरी । सुनसरीको दुहवी इनरुवा खण्डमा माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

सुनसरी प्रहरीका अनुसार बिराटनगरबाट राजबिराज तर्फ जाँदै गरेको माइक्रो र विपरित दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो । प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर पश्चात माईक्रो सडक किनारमा पल्टेको छ । दुर्घटनामा मोटरसाइकल चालक सहित तीन जनाको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माईक्रोका सह– चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् ।

मृतक मध्ये एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरु सबैको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस