• २०८३ असार १२ गते शुक्रवार

विश्वकपमा समुह डी बाट अमेरिका र अस्ट्रेलिया नकआउट चरणमा, पराग्वेको सम्भावना कायमै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १२, काठमाडौं । अस्ट्रेलियाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । पाराग्वे पनि उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

समूह चरणको अन्तिम खेलमा दुवै टोलीले सावधानीपूर्ण खेल खेलेका कारण गोल हुन सकेन । अस्ट्रेलियालाई नकआउट चरण पुग्न एक अंक पर्याप्त थियो भने पाराग्वेलाई पनि अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न बराबरी अनुकूल रह्यो ।

पहिलो हाफमा अस्ट्रेलियाले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । दोस्रो हाफमा पाराग्वेले पनि केही राम्रो आक्रमण गरे पनि दुवै टोलीले जाली चुमाउन सकेनन् ।

यस नतिजासँगै समूहको उपविजेता बनेको अस्ट्रेलियाले अन्तिम ३२ मा इजिप्ट, इरान र बेल्जियम रहेको समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । पाराग्वेले भने हालको अवस्थाअनुसार समूह ‘ई’ को विजेता जर्मनीसँग भेट गर्ने सम्भावना रहेको छ । अब पराग्वेले अन्य समुहको नतिजाको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

यसै समुह डी को अमेरिका भने अन्तिम खेलमा टर्कीसँग पराजित भएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा टर्कीले अमेरिकालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो । हारपछि पनि अमेरिका ६ अंकसहित शिर्ष स्थानमा रहेर नकआउट चरणमा गएको छ । अब अमेरिकाले बोस्निया हर्जगोभिनासँग खेल्ने छ । त्यस्तै टर्की भने समुहमा चौथो स्थानमा रहदै बाहिरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस