• २०८३ मङ्सिर ६ गते शनिवार

सुनको भाउमा नयाँ रेकर्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, काठमाडौं ।  सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि सुनको मूल्य गत जेठ १३ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस