असार ५, काठमाडौं । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य क्षेत्रमा बजेटको अभावले आएको समस्याप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालय पुगेर विभागले मन्त्री बस्नेतलाई ११ बुदेँ ध्यानाकर्षण पत्र बुझाएको हो ।

उक्त क्रममा मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयमा ४० प्रतिशत बजेटको शिलिङ् घटाएको उल्लेख गर्दै अर्थ मन्त्रालयसँगको छलफलपछि १० अर्ब ११ करोडको बजेट थप गर्न सफल भएको बताएका छन् । उनले भने, स्वास्थ्य मन्त्रालयमा ४० प्रतिशत बजेटको शिलिङ् घटाएर पठाएको छ । म आउँदासम्म बजेटको सिलिङ् शिल गरिसकेको अवस्था थियो । तरअर्थ मन्त्रालयका साथीहरुसँग पटक पटकको छलफलपछि हामीले बल्ल बल्ल १० अर्ब ११ करोड बजेट थप गर्न सफल भएका छौ । यसको साथै दक्ष जनशक्तिको कुरा गर्ने हो भने पनि ५ भागको १ भाग मात्रै जनशक्ति छ हामीसँग, यसकारण दरवन्दी वृद्धि नगरी हुदैँन् ।
यस्तै, नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रीलाई बुझाएको ११ बुदेँ ध्यानाकर्षण पत्रलाई सुझाव, ध्यानाकर्षण र एउटा सकारात्मक सहयोगको रुपमा लिनुपर्ने बताए ।उनले भने, स्वास्थ्य मन्त्रीलाई केही विषयमा सुझाव, ध्यानाकर्षण र मन्त्रीलाई एउटा सकारात्मक सहयोगको रुपमा लिन सक्छौ । ११ बुदेँ हाम्रो ध्यानाकर्षण पत्र बुझाएका छौ । हामीले अब यसलाई गम्भीर रुपमा लिएनौ भने हस्पिटलका भौतिक संरचना कमजोर हुने छन् । डक्टर हुदैँन्, सबैजनाको विदेश पलायनको यस्तो अवस्था छ । यस्तो समयमा आवश्यक सुविधासहित नीतिगत रुपमा अगाडि बढ्नु पर्ने अवस्था छ ।
उक्त ध्यानाकर्षण पत्रमा नेपालको संविधानले स्वास्थ्य सेवालाई आधारभूत मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यही व्यवस्थालाई कार्यान्वयन गर्न विगतको सरकारले ३९६ स्थानमा आधारभूत अस्पतालको शिलान्यास गरेको बताइएको छ । सबै नेपालीहरूलाई सहज ढंगले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएकोमा हाल बजेटको अभाव, कमजोर नेतृत्व र व्यवस्थापनका कारण अपेक्षित गति लिन नसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।